सानिमा माई हाइड्रोपावरको बोनस सेयर लगायतका एजेन्डा पारित गर्न आज कार्तिक २३ गते बिहीबार साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाने प्रस्ताव तयार गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गरिसकेको छ।
यसर्थ, असोज २३ गतेसम्म कायम रहेका सेयर धनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन्। सानिमा माईले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया