स्रोत नखुलेको (अवैध)भारतीय रकमसहित झापा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक छन्।
मेचीनगर स्थित भन्सार गेट हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजनाअनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथमा अवैध भारतीय रकम फेला परेको थियो।
उनको साथबाट भारतीय रुपैयाँ ३ लाख २० हजार भारतीय रुपैयाँ बरामद भएको गरिएको हो जसमा प्रहरीले ५०० को नोट ५०० थान, २०० को नोट २०० थान र १०० को नोट ३०० थान रुपैयाँ बरामद गरेको हो । पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीका लागि लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया