दोहोरो अंकले घट्यो नेप्से

विहीबार, २३ कार्तिक २०८०, १५ : २७

काठमाडौँ - कारोबारको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से परीसूचक ११.८५ अंकले घटेर १८५२ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको २८ लाख ३३ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६० लाख बराबरको कारोबार भएको छ । शेयर बजार घटेसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ ।आज अन्य उपसूचक सर्वाधिक १.५५ प्रतिशतले घटेको छ । दोस्रोमा फाइनान्स उपसूचक १.३१ र तेस्रोमा जीवन बीमा उपसूचक १.०३ प्रतिशतले घटेको छ ।

शेयर बजार ११ दशमलव ८५ को अंकले घटेर १८५२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । सोनापुर मिनिरल्सको शेयर आज पनि सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज सात करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, सोल्टी होटलको तीन करोड ८१ लाख रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको तीन करोड ६३ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको एक करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

विहीबार, २३ कार्तिक २०८०, १५ : २७

प्रतिक्रिया