नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

शुक्रबार, २४ कार्तिक २०८०, ०८ : ५४

नेपाल वेयरहाउजिङ कम्पनीले कात्तिक १० गतेबाट निष्काशन गरेको आईपीओमा आवेदन दिने आज कार्तिक २४ गते शुक्रवार अन्तिम दिन रहेको छ।

कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई छुटाइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

 २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरूलाई छुटाइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
 

शुक्रबार, २४ कार्तिक २०८०, ०८ : ५४

प्रतिक्रिया