अन्तिम मौका : उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन छुट्यो कि ?

शुक्रबार, २४ कार्तिक २०८०, ०९ : ०३

उन्नति सहकार्य लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ)मा आवेदन दिने आज कार्तिक २४ गते अन्तिम दिन रहेको छ।

कम्पनीको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले कात्तिक २१ गतेदेखि १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गरेको हो । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात् बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। 

सोही पुँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
 

शुक्रबार, २४ कार्तिक २०८०, ०९ : ०३

प्रतिक्रिया