काठमाडौं – माओवादी द्वन्द्वमा मारिएका प्रहरीका श्रीमतीहश्रको संगठन नेपाल प्रहरी श्रीमती सङ्घले फूल खेती गरेर उदाहरणीय काम गरेको छ । कर्णाली प्रदेश प्रहरी गणको स्वामित्वमा रहेको करिब २२ कठ्ठा जमिनमा फूलखेती गरिएको छ ।
अमर सहिद तथा अशक्त प्रहरी परिवारका आश्रित सदस्यको सीप क्षमता अभिवृद्धिका साथै आय आर्जन तथा आर्थिक स्थिति वृद्धि गर्ने उद्देश्यले फूलखेती गरिएको डिआइजी भीम ढकाल बताउँछन् । अहिले फूलहरू बजारमा पठाउन थालिएको छ । तिहारलाई लक्षित गरी सयपत्री तथा मखमली फूलखेती गर्न नेपाल प्रहरी श्रीमती सङ्घले तीन लाख पाँच हजार अनुदान दिएको थियो ।
उत्पादन भएको फुलबाट १२ लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएको ढकाल बताउँछन् । सो आम्दानी निजकहरुले नै उपभोग गर्ने तथा उनीहरूकै जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको श्रीमती सङ्घले जनाएको छ । खेर गइरहेको बाँझो जग्गामा आयआर्जनमूलक खेती गरिनाले अमर प्रहरी परिवारलाई स्वरोजगार सिर्जना भई जीविकोपार्जनमा सहयोग पुग्ने र अन्य ठाउँहरूमा पनि यस्ता खालका क्रियाकलाप गर्न आवश्यक रहेको सङ्घका अध्यक्ष विन्दु अधिकारी बताउँछिन् ।
डीआईजी ढकाल कर्णालीमा आएसँगै नयाँ नयाँ खालका कार्यक्रम तथा अभियानहरू सञ्चालन भइरहेका छन् ।
प्रतिक्रिया