यो साता नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। गत साता १८४७.७० विन्दुमा बन्द भएको नेप्से, यस साता ४.३८ अङ्क बढेर १८५२.०८ विन्दुमा पुगेको छ।
सातामा ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई कारोबार दिन ओरालो लागेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो भने बाँकी ३ कारोबार दिन बढेको हो।
नेप्सेसँगै यस साता दैनिक औसत कारोबार रकममा पनि सुधार देखिएको छ। गत साता दैनिक औसतमा ७६ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औसतमा ९१ करोडको शेयर खरिदबिक्री भएको छ।
गत साताको तुलनामा यस साताको कारोबार रकम १९.५९ प्रतिशत बढेको हो। त्यसै गरी, यस दिन दैनिक औसत शेयर सङ्ख्या १६.९६ प्रतिशत बढेको छ भने दैनिक औसत कारोबार सङ्ख्या १३.२१ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ६ अर्ब बढेर २८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।
१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता होटेल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ। अङ्कका आधारमा पनि यही उपसमूहको परिसूचक सर्वाधिक १६८.९२ अङ्क बढेको छ।
यस साता एक कम्पनीको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। त्यसैगरि माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आइपिओ नेप्सेमा सूचीकृत भएको हो। शेयर मूल्य बढेका यस साता स्टकहरूको मूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ।
कारोबारमा आएको ओरियन्टल होटेलको शेयर मूल्य यस साता सर्वाधिक ९.५९ प्रतिशत बढेको छ। फ्लोरसिट विश्लेषण गर्दा यस साता कृषि विकास बैङ्क, महुली लघुवित्त, स्वरोजगार लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् ।
प्रतिक्रिया