काठमाडौं – युरोपेली युनियनले नेपाली जहाजलाई लगाएको प्रतिबन्ध हटाउन नेपाली टोली अहिले बेल्जियम पुगेको छ । नेपाली वायुसेवा कम्पनीका विमानलाई युरोपेली युनियनले आफ्नो आकाशमा उड्न प्रतिबन्ध लगाएको एक दशक नाघेको छ । सोही प्रतिबन्ध हटाउने सम्बन्धमा छलफल गर्न नेपालबाट एउटा उच्चस्तरीय टोली आज बेल्जियमको राजधानी ब्रसेल्सतर्फ हुने बैठकमा सहभागी हुन जाँदै छ ।
सो उच्चस्तरीय टोलीमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधिहरु रहनेछन् ।
अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी विमान एअरबसका उत्पादन हुन् । फ्रान्समा निर्मित ती विमान उडाएर नेपाल ल्याइएको हो तर विडम्बना,तिनै जहाज अहिले युरोपका आकाशमा उडाउन पाईंदैन ।
प्रतिक्रिया