अरुण भ्याली हाइड्रोपावरको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

५ महिना अगाडि

काठमाडौँ- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको नाफामा ४७.९९ प्रतिशतको गिरावट आएको छ। 


प्रथम त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि भारी गिरावट आएको छ। अघिल्लो वर्ष यही अवधिमा ९ करोड ८३ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेकोमा समीक्षा अवधिमा ८६.५६ प्रतिशतले घटेर १ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ। 

कम्पनीले निर्माण गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना ९९.९४ मे.वा.मा बाढीका कारण क्षति भएकोले हाल विद्युत उत्पादन कार्य बन्द रहेको छ। सोही कारणले कम्पनीको आम्दानी घट्दा नाफा प्रभावित भएको देखिन्छ।  कम्पनीको अन्य आम्दानी भने बढेर ८ करोड ९३ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष अन्य आम्दानी ४५ लाख ७५ हजार रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२.०६ प्रतिशतल बढेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ५ करोड ८५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ६ करोड ५६ लाख रुपैयाँ पुगेको छ।  चुक्तापुँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ७ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १७ करोड ६७ लाख रुपैयाँ थियो।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७१.४७ गुणा र प्रतिसेयर नेटवर्थ १०४.१२ रुपैयाँ रहेको छ। 

 

५ महिना अगाडि

प्रतिक्रिया