टिकटक बन्द भएमा तपाईको पुरानो भिडियो के हुन्छ ?

५ महिना अगाडि

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ । योसँगै टिकटक बन्द गर्ने प्राविधिक तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जुटेको छ । 

टिकटकमाथि कुनै देशले प्रतिबन्ध लगाउँदा सामान्यतः देशभित्र प्रयोगकर्ताको सामग्री यसको सर्भरबाट हट्नुका साथै स्ट्रिमिङ वा डाउनलोडको लागि टिकटक उपलब्ध हुँदैन । प्रयोगकर्ता नयाँ कन्टेन्ट बनाउन वा देशभित्र अन्य प्रयोगकर्ताहरूसँग अन्तर्क्रिया गर्न सक्दैनन् ।

यदि सरकारको निर्णय कार्यान्वयन भए आधिकारिक रूपमा नेपालमा टिकटक चलाउन पाइने छैन । यस्तो अवस्थामा टिकटकमा पोस्ट भइसकेका सामग्री के हुन्छन् भन्ने के आफ्ना पुरानो भिडियो फेरि हेर्न वा सेभ गर्न सकिन्छ होला त रुयो विषय अन्यौलता नै छ ।

छिमेकी देश भारतले सन् २०२० मा राष्ट्रिय सुरक्षा र गोपनीयताको कुरा उठाउँदै टिकटकमाथि प्रतिबन्ध लगाउँदा भारतीय प्रयोगकर्ताहरूले पोस्ट गरेका सबै टिकटक सामग्री एपको सर्भरबाट हटाइएको थियो । 

यसरी हेर्दा नेपालमा टिकटकमाथि पूर्ण प्रतिबन्ध लाग्दा यस प्लेटफर्मले आफ्नो सर्भरमा रहेका सामग्री हटाउन सक्ने भएकाले त्यस्ता सामग्रीको ब्याक अप डाउनलोड गर्नु नै उचित हुन्छ। यसरी तपाईँले आफ्नो सामग्री सुरक्षित गर्न सक्नुका साथै आवश्यक भएमा यसलाई अन्य प्लेटफर्महरूमा पुनः पोस्ट गर्न सक्नुहुन्छ । वा ग्यालरीमा सुरक्षित राख्न सक्नुहुनेछ । 

५ महिना अगाडि

प्रतिक्रिया