अपि पावर कम्पनीको वित्तीय विवरण सार्वजनिक

५ महिना अगाडि

काठमाडौँ- अपि पावर कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ ।

प्रकशित वित्तीय विवरण अनुसार चालू आवको पहिलो त्रैमासमा उक्त कम्पनी ४ करोड रुपैयाँभन्दा बढी नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी ३ करोड ९६ लाख रुपैयाँ नाफामा थियो ।

कम्पनीको खर्च बढेसँगै कम्पनी नोक्सानीमा गएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खर्च १८० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चालू आवमा  २६ करोड रुपैयाँ खर्च रहेको छ । 

कम्पनीको विद्युत् बिक्री आम्दानी भने गत आवको तुलनामा चालू आवमा ७२ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट १५ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो भने चालू आवमा बढेर २६ करोड १६ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी २९ पैसा ऋणात्मक छ । गत आवमा भने कम्पनी प्रतिसेयर आम्दानी ४.१३ रुपैयाँ थियो । कम्पनीको चुक्तापूँजी ५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । यसैगरी, कम्पनीले जगेडा कोषमा १३ करोड ८८ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.४५ रुपैयाँ छ । 

५ महिना अगाडि

प्रतिक्रिया