काठमाडौँ । हिमालयन रिइन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भोलि सोमबार (मंसिर ४) गतेदेखि प्रिमियम मूल्यमा आइपिओ खुला गर्ने भएको छ ।
हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपिओ सर्वसाधारणलाई जारी गर्न धितो पत्र बोर्डबाट अनुमति पाएको छ। यसअघि कात्तिक २१ गतेदेखि जारी गर्ने भनिएकोमा सार्वजनिक लेखा समितिले त्यस बेला रोक्न आदेश दिएपछि यसको मिति पर सरेको थियो ।
यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो । यसपछि सर्वसाधारणमा आइपिओ खुला हुनेछ ।यस कम्पनीले प्रतिकित्ता १ सय अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपिओ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
प्रतिक्रिया