काठमाडौं – कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार एक सय स्वयमसेवक खटाउने भएको छ ।
विशेष रूपान्तरण अभियानको समीक्षा गर्न शनिबार बसेको माओवादीकेन्द्रकर्णाली प्रदेश कमिटिीको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । यसअघिको बैठकले २१ सयसम्म खटाउने निर्णय गरे पनि शनिबारको बैठकले त्यसलाई परिमार्जन गरेको हो ।
प्रभावित क्षेत्रमा खटिने स्वयमसेवकहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताएकी छिन् ।
अध्यक्ष केसीका अनुसार उक्त सङ्ख्या प्रदेशभित्रको मात्रै हो । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ । यद्यपि कसको नेतृत्वमा पठाउने भन्ने विषयमा अबको केही दिनमै टुङ्गो लाग्ने र तत्काल प्रभावित क्षेत्रमा भोलेन्टियरहरूलाई परिचालन गरिने निर्णय प्रदेश कमिटीले गरेको छ ।
प्रतिक्रिया