लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। काठमाडौँको बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीले मङ्सिर ४ गते (सोमबार) देखि लागू हुने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
कोभिडपछि तलब लगायतका सेवा सुविधा नपाएको उनीहरूले बताएका छन् । ४ गते महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य, महेन्द्र नारायण निधि सहकारीका सेयर धनीहरूलाई लिखित रूपमा माग पत्र बुझाउने, ५ गते अस्पताल प्रशासनमा तालाबन्दी तथा नाराबाजी गर्ने कार्यक्रम तय भएको एक कर्मचारीको भनाई छ ।
६ गते अस्पताल सञ्चालकहरूको घर घेराउसहित नाराबाजी कार्यक्रम गर्ने कर्मचारी सङ्घर्ष समितिले जनाएको छ। साथै पुरा नभएमा थप विभिन्न सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिने बताइएको छ।
प्रतिक्रिया