लप्सीफेदीबाट पक्राउ परेका १४ जना आन्दोलनकारी छुटे

आइतबार, ०३ मंसिर २०८०, १० : १९

काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भएका छन् ।  शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए ।

बौद्ध प्रहरीका डिएसपी राजु पाण्डेले सबैलाई शनिबार राति छाडिएको जानकारी दिएका छन् । शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले पनि पक्राउ परेकाहरु सबैलाई प्रहरीले छाडेको बताए । स्था

नीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए । मेयर नापितका अनुसार स्थानीयले प्रहरीसँग आफूहरुको कुनै सरोकार नभएको तर माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन् ।

स्थानीयले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुंगामुढा गर्दै आक्रमण गरेका थिए । बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग राख्दै आएका छन्।


 

आइतबार, ०३ मंसिर २०८०, १० : १९

प्रतिक्रिया