तिहार बिदा पछि आजबाट खुल्दै शेयर बजार , लगानीको वातावरण बन्नेमा लगानीकर्ता ढुक्क

सोमबार, ०४ मंसिर २०८०, ०७ : १६

काठमाडौँ। कार्तिक महिनामाको अन्तिमदेखि मङ्सिरको पहिलो सातासम्म निरन्तर परेको दसैँ  ,तिहार र छठ जस्ता पर्वको कारण सेयर बजार  लामो समयदेखि बन्द अवस्थामा छ । 

गत कात्तिक २३ गते बन्द भएको सेयर बजार अब मङ्सिर ४ गते सोमबार अर्थात् आजबाट खुल्दै छ । तिहार अगाडि केही दिन मात्रै खुलेको सेयर बजार गत कात्तिक महिनामा जम्मा १२ दिन मात्रै कारोबार भएको थियो । 

साताको पहिलो दिन आइतबार नै छठ पर्वको कारण बन्द कारोबार बन्द भएको शेयर बजार कस्तो रहला भन्ने आम लगानी कर्ताको चासोको विषय बनेको छ । आजबाट कारोबार भएको शेयर बजार जन अपेक्षित हुने शेयर विश्लेषकहरू बताउँछन् । 

बैंकले चर्को ब्याजदरमा टोकेको कारण हालसम्म अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा पछिल्लो केही एक हप्ता अगाडि आएको बैंकको नयाँ ब्याजदरले बजार चलायमान गराउने सङ्केत रहेको शेयर विश्लेषक बताँउछन  । 

दशैं तिहार जस्ता मुख्य पर्वमा कारोबारमा कमी आउनु सामान्य भएको भन्दै आगामी यात्रामा शेयर कारोबार बढेर जाने भएकोले निर्धक्क भएर लगानी गर्न एक शेयर विश्लेषकले आग्रह गरेका छ । सञ्चार माध्यममा समाचार प्रकाशन भएजस्तो नकारात्मक दिशामा बजारको अवस्था नभएको भन्दै भ्रमात्मक समाचारको पछि नपर्न आग्रह गरेका छन् । 
 

सोमबार, ०४ मंसिर २०८०, ०७ : १६

प्रतिक्रिया