काठमाडौँ । बर्दियामा एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार घाँस काट्ने क्रममा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्वासी टोल निवासी २५ वर्षीया ममता सुनार रहेकी छिन । बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णु कमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आइतबार बिहान मृत्यु भएको हो।
उनी हाल त्रिपासको सहारामा बस्दै आएकी थिइन्। आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिएका छन्। यसअघि चिसोका कारण शनिवार तीन जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया