नेप्सेमा झिनो अंकको सुधार

२ हप्ता अगाडि

काठमाडौं - कारोबारको पहिलो दिन आज नेप्सेमा सुधारको संकेत देखिएको छ ।नेप्से झिनो अंकले सुधार देखिएको छ । नेप्से आज १ दशमलव ३९ अंकले बढेको छ ।

नेप्सेले हरीयालीको बाटो पछ्याउदा १ अर्बमाथिको शेयर कारोबार भएको छ।चार उपसूचक बाहेक सबैको शेयरमा हरीयाली छाएको छ। आज ट्रेडिङ र विकास बैंकको उपसूचकमा उछाल आएको छ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी हिमालयन डिस्टीलरीको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ३६ लाख २५ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको ६ करोड ८४ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सोनापुर मिनरल्स लिमिटेडको ५ करोड ८८ लाख ७८ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ३ करोड ३३ लाख ८५ हजार रुपैयाँ र शिभम् सिमेन्टको ३ करोड १५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

२ हप्ता अगाडि

प्रतिक्रिया