आज सकारात्मक र नकारात्मक सर्किट लाग्ने कम्पनीहरु

२ हप्ता अगाडि

काठमाडौँ -  कारोबारको पहिलो दिन आज शेयर बजार झिनो अंकले बृद्धि भएको छ । सोमबार शेयर बजार १ दशमलव ३९ को अंकले बढेर १८५३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै कर्णाली डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबार भएका २८४ कम्पनीहरुमध्ये कुल ११९ कम्पनीहरुको शेयरमूल्य बढेको छ ।त्यस्तै, समाज लघुवित्तको शेयरमूल्य ८.०७ प्रतिशत, शाहस उर्जा लिमिटेडको ७.७५ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३८३ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

शेयर बजार बढेतापनि तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । सोमबार फरवार्ड लघुवित्त, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ्ग खोलाको शेयरमा नकारात्मक सर्किट लागेको छ ।त्यस्तै, हिमालयन डिस्टिलरीको ७ प्रतिशत, पिपल्स हाइड्रोपावरको ५.३३ प्रतिशत, माउन्टेन इनर्जि नेपाल लगायत ११३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया