मानवसेवा आश्रमको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ सम्पन्न

२ हप्ता अगाडि

काठमाडौँ - मानवसेवा आश्रमले यस वर्षको चाडपर्वमा कोही नरहुन् सडकपेटीमा भन्ने मुल नाराका साथ मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० शुरु गरेको हो। स्थापनाकालको ११ वर्ष विताइसकेको आश्रमले आनी छोइड डोल्मा फाउन्डेसनको सहकार्यमा उद्धार यात्रा गरेको हो। दुवै संस्थाको सहकार्यमा सुरु भएको यस यात्रामा लाप्ने सम्पुर्ण खर्चको आर्थिक भार आनी छोडइ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोडइ डोल्माज्यूले व्यहोर्नु भएको हो भने उद्धार यात्रामा समेत उहाँको सहभागीता थियो। यस अभियानलाई साथ दिँदै गत असोज २६ गते शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारबाट सम्माननिय प्रधानमन्त्री र गृहमन्त्रीको शुभकामना सहित अभियानको यात्रा प्रारम्भ भयो । यस अभियानमा मानवसेवा आश्रमले गत असोज २७ गते मेचीपुलमा दीप प्रज्वलन गरी २८ गतेदेखि उद्धार कार्य सुरु भयो ।

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा पूर्व पश्चिम राजमार्गका सातैवटा प्रदेशका प्रमुख सडक खण्ड, मुख्य मुख्य शहर, पालिकाहरु तथा काठमाण्डौ उपत्यकाका सडक पेटी तथा सार्वजनिक स्थलहरुमा जोखिमपूर्ण जीवन बिताउन विवश ३ सय भन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवहरुको बृहत उद्धार गरी उनिहरुको मानवोचित व्यवस्थापन भइरहेको कम्पनीले जनाएको छ । यस उद्धार यात्रामा संस्थाका स्वयंसेवक, कर्मचारी र अभियान्ता लगायत अभिभावकको सहभागितामा ३८ जना परिचालन गरिएको जानकारी गराएको छ ।

खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट परित्येक्त गरिएका व्यक्तिहरुका लागी आश्रमले सधै आफ्नो डोका खुल्ला गरिरहेको छ। करिब २०६९ सालमा केही युधा मिलेर सडकमा बेवारिस जीवन बिताइरहेका मानवको उद्धारका लागि मानव सेवा आश्रमु नामक सामाजिक संस्था स्थापना गरेका थिए । स्थापनाकालदेखिको लक्ष्य अनुसार आश्रमले विसं २०८२ सालसम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कला लिएको हो । यद्यपी, नेपाल सरकारको यस वर्षको निति तथा कार्यक्रममा समेत सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने भन्ने लक्ष्य राखेको  छ ।

मेची- महाकाली राष्ट्रिय उद्धार यात्रा तेस्रो पटको यात्रा रहेको छ। विगतमा जाडो महिनामा गरिएको राष्ट्रिय उद्धार यात्रा यस पटक चाडपर्वमा गरिएको हो। पहिलो यात्रा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०७७ सालमा भएको थियो । त्यतिबेला ुसहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०७८ सफल पारौं भन्ने नारासहित सुरु गर्दा प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गर्नु भएको थियो । त्यति बेला भएको उद्धारमा करिब ७ सय जना व्यक्तिको उद्धार गरिएको थियो। साथै, दोस्रो महाकाली-मेची राष्ट्रिय उद्धार यात्रा २०७८ मा भएको थियो । सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको आश्रमले त्यतिबेला करिब ५ सय जना व्यक्तिको उद्धार गरिएका थियो । त्यस्तै, यस वर्षको अभियानले देशलाई सडक मानव मुक्त बनाउने लक्ष्य सफल हुनेमा आश्रमको विश्वास छ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया