काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मङ्सिर ८ गते शुक्रवारदेखि सर्वसाधारणको लागि आइपिओ निष्काशन गर्ने भएको छ।
कम्पनीले नेपाल धितो पत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण गरिसकेको छ। यस्तै कुल निष्काशन अनुमती पाएको कित्ताको ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ ।
सर्वसाधारणले बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ।
नेपालीहरूले नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया