श्वेत गंगा हाइड्रोपावरको साधारणसभा आवहान

५ महिना अगाडि

काठमाडौँ-  श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले सातौं साधारणसभा बोलाएको छ ।

कम्पनीले आगामी मंसिर २६ गते काठमाण्डौको चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांकेटमा सभा बोलाएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 
यसैगरी, सभाले रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । 

५ महिना अगाडि

प्रतिक्रिया