दोहोरो अंकले घट्यो नेप्से

मंगलबार, ०५ मंसिर २०८०, १५ : ३७

काठमाडौँ - साताको तेस्रो दिन अर्थात मंगलबार नेप्सेमा भारी गिरावट आएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार शेयर बजार २३ दशमलव ८२ अंकले घटेर १८२९.६५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएपनि कारोबार भएका २८५ कम्पनीहरुमध्ये २०१ कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । जसमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् ।

सोमबारदेखि कारोबारमा आएको माथिल्लो मैलुङ्ग जलविद्युतको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यसका साथै, महिला लघुवित्तको ८.४६ प्रतिशत, उपकार लघुवित्तको ७.३२ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.२७ प्रतिशतले सर्वाधिक शेयरमूल्यमा गिरावट आएको छ ।

मंगलबार, ०५ मंसिर २०८०, १५ : ३७

प्रतिक्रिया