३१ कम्पनीको मात्र शेयरमूल्य बृद्धि, शेयरमूल्य घट्नेमा कुन कुन ?

मंगलबार, ०५ मंसिर २०८०, १५ : ३८

काठमाडौं-  कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार शेयर बजार २३ दशमलव ८२ अंकले घटेर १८२९.६५ को विन्दुमा कायम भएको छ ।शेयर बजारमा गिरावट आएपनि कारोबार भएका २८५ कम्पनीहरुमध्ये ३१ कम्पनीको मात्र शेयरमूल्य बृद्धि भएको छ ।

मेन्छियाम् हाइड्रोपावरको शेयरमूल्य ८.१३ प्रतिशतले सर्वाधिक शेयरमूल्य बढेको छ । त्यस्तै, बिपिडब्लु लघुवित्तको ७.४६ प्रतिशत, एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ को ६.१४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

कारोबार भएका मध्ये २८५ कम्पनीहरुमध्ये २०१ कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ । जसमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् ।

सोमबारदेखि कारोबारमा आएको माथिल्लो मैलुङ्ग जलविद्युतको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यसका साथै, महिला लघुवित्तको ८.४६ प्रतिशत, उपकार लघुवित्तको ७.३२ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.२७ प्रतिशतले सर्वाधिक शेयरमूल्यमा गिरावट आएको छ ।

मंगलबार, ०५ मंसिर २०८०, १५ : ३८

प्रतिक्रिया