काठमाडौँ - कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ ।
कारोबारको अघिल्लो दिन २० अंकले बढेको शेयर बजार ९.८७ अंकले बढेर १८६० को विन्दुमा कायम भएको छ । आज २९२ कम्पनीको ४४ लाख बढी कित्ता शेयर खरिद बिक्री भई १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।
बिहीबार बैंकिङ्ग, माइक्रोफाइनान्स लगायतका सूचकमा मात्र राताम्मे भएका छन् । ती बाहेकका अन्य सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ । शेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये १६१ कम्पनीको शेयरमूल्य बढेको छ ।

शेयर बजार बढेसँगै आज मात्र लाभांश घोषणा गरेको नबिल बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, सोनापुर मिनिरल्सको नौ करोड ५७ लाख रुपैयाँ, सानिमा जिआइसीको पाँच करोड ४१ लाख, सिटिजन लाइफको पाँच करोड २९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको पाँच करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया