काठमाडौं - कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार ९.८७ अंकले बढेर १८६० को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै बुद्धभुमी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै, थ्रीस्टार हाइड्रोपावरको ८.५८ प्रतिशतले बढेको छ ।त्यस्तै, सिक्लेस हाइड्रोपावरको ८.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ८.२५ प्रतिशत, सानिमा जिआईसी इन्स्योरेन्सको ६.३१ प्रतिशतले शेयरमूल्य बढेको छ ।

शेयर बजार बढेतापनि आजै लाभांश घोषणा गरेको नबिल बैंकको शेयरमूल्य सर्वाधिक गिरावट आएको छ । बैंकको शेयरमूल्य ८.२० प्रतिशतले गिरावट भई ५१५ रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, किसान लघुवित्तको ५.७८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ५.३४ प्रतिशत, महुली लघुवित्त लगायत ६४ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

प्रतिक्रिया