ठूलो खोला हाइड्रोपावरद्धारा वार्षिक साधारण सभा आव्हान, यस्तो छ आईपीओ निष्काशनको तयारी

शुक्रबार, ०८ मंसिर २०८०, १२ : ३१

काठमाडौँ- ठूलो खोला हाइड्रोपावरले पहिलो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आगामी मंसिर २९ गते काठमाण्डौ महानगरपालिका–२२ खिचापोखरीमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने तथा चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै, विशेष प्रस्तावमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पनि छ । यसैगरी, सभाले आईपीअ‍ो निष्कासनको लागि आवश्यक प्रक्रिया अगाढि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

यसका साथै सभाले अन्य परियोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । 

  उक्त कम्पनीको २२.५ मेगावाट क्षमताको आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्बर ७ र ८ को ठूलो खोलामा निर्माण भइरहेको छ । 
 

शुक्रबार, ०८ मंसिर २०८०, १२ : ३१

प्रतिक्रिया