दोहोरो अंकले बढ्यो नेप्से

आइतबार, १० मंसिर २०८०, १५ : १५

काठमाडौँ - साताको पहिलो कारोबार दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार ४७।७५ अंकले बढेर १९०७ को विन्दुमा कायम हुन पुगेको हो । नेप्सेमा कारोबार भएका २९४ कम्पनीको ६५ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भई दुई अर्ब ११ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।त्यस्तै, धेरै समयपछि शेयर बजारका सम्पूर्ण उपसूचकहरुमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै सोनापुर मिनिरल्सको ११ करोड रुपैयाँले सर्वाधिक करोबार भएको छ ।

 

 

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन नबील बैंकको ७ करोड ३७ लाख १२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ३४ लाख ८६ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार, १० मंसिर २०८०, १५ : १५

प्रतिक्रिया