काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले सांग्रिला डेभलपमेन्ट बैकको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २८० रूपैयाँ ९५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २९५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैकको १०.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३५२ रूपैयाँ ९४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया