युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सोमबार, ११ मंसिर २०८०, ०८ : ४२

काठमाडौं ।  युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते, सोमबार, अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ ।

यसर्थ, आजसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन्।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

सोही लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गते ३० औं साधारणसभा बोलाएको छ।
 

सोमबार, ११ मंसिर २०८०, ०८ : ४२

प्रतिक्रिया