११ अंकले घट्यो नेप्से

सोमबार, ११ मंसिर २०८०, १५ : १८

 काठमाडौँ - कारोबारको दोस्रो कारोबार दिन अर्थात सोमबार शेयर बजारमा  ११.२७ अंकले घटेर १८९६ को विन्दुमा कायम हुन पुगेको हो ।आज नेप्सेमा कारोबार भएको २९० कम्पनीको ६० लाख १७ हजार ३९७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ४७ लाख ५० हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै नौ वटा उपसूचकमा राताम्मै भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ७७ लाख ६३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६० लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

त्यस्तै उक्त दिन सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ४८ लाख ४९ हजार रुपैयाँ, प्रभु बैंकको प्रकोटर सेयरको ५ करोड २६ लाख ७१ हजार रुपैयाँ र शिभम् सिमेन्टको ५ करोड १६ लाख ६१ हजार रुपैयाँको कारोबार भएको हो  ।

सेयर बजारमा ११ अंकको गिरावट आउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार, ११ मंसिर २०८०, १५ : १८

प्रतिक्रिया