काठमाडौँ - आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।नेप्से ओरालो लागेपनि अपर स्याङगेको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ।त्यस्तै, अभियान लघुवित्त, माथिलो मौलुङ, शुभम पावर, विशाल बजार, माई खोला, मोन्छ्रियाम, रावा खोला, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड २, आरबीबी म्युचुल फण्ड १ को सर्वाधिक कारोबार भएकोछ ।

शेयर बजारको एकदिने खुशियाली सकिएसँगै स्वाभिमान लगायतका केही कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज कम्पनीको शेयरमूल्य ८.०४ प्रतिशतले घटेको छ ।त्यस्तै, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको ५.६८ प्रतिशत, स्वरोजगार लघुवित्तको ५.१७ प्रतिशत, मिर्मिरे लघुवित्त लगायतका १६६ कम्पनीको शेयरमूल्य घटेको छ ।
सोमबार शेयर बजारमा २९० कम्पनीको ६० लाख १७ हजार कित्ता शेयर खरिद बिक्री भई एक अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
शेयर बजार आज अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । कारोबार भएका २९० कम्पनीहरुमध्ये १६६ कम्पनीको शेयरमूल्य घटेको छ ।

प्रतिक्रिया