१ हजार कित्तासम्म भर्न पाइने आईपीओमा आवेदन दिने आज अन्तिम मौका

मंगलबार, १२ मंसिर २०८०, ०६ : ५६

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपीओमा आवेदन दिने आज मंसिर १२ गते अन्तिम दिन रहेको छ कम्पनीले  नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

मंगलबार, १२ मंसिर २०८०, ०६ : ५६

प्रतिक्रिया