यि हुन् आज सर्वाधिक कमाउने तथा गुमाउने कम्पनीहरु

मंगलबार, १२ मंसिर २०८०, १५ : २१

काठमाडौं-  साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । मंगलबार शेयर बजार २.१७ अंकले घटेर १८९४ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज १०२ कम्पनीको शेयरमूल्य बढेको छ । मंगलबार मन्दाकीनी हाइड्रोपावरको शेयरमूल्य ८.९२ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

त्यस्तै, स्वीतगँगा हाइड्रोपावरको शेयरमूल्य ७.६१ प्रतिशत, मकर जितुमाया हाइड्रोपावरको ७.४६ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

शेयर बजार घटेसँगै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.३३ प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै, मंगलबार मिड सोलु हाइड्रोपावरको ४.७५ प्रतिशत, विजया लघुवित्तको ४.६७ प्रतिशत, आरम्भ चौतारी लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

मंगलबार, १२ मंसिर २०८०, १५ : २१

प्रतिक्रिया