ओरालो लाग्यो नेप्से

मंगलबार, १२ मंसिर २०८०, १५ : २२

काठमाडौँ - कारोबारको तेस्रो दिन आज नेप्से २.१७ अंकले घटेर १८९४.५३ को विन्दुमा कायम भएको छ।

नेप्सेले ओरालो लाग्दा २९० सूचीकृत कम्पनीको ४७ लाख २७ हजार ९ सय २ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आज पाँच उपसूचक बाहेक सबैको उपसूचकमा गिरावट आएको छ।आज होटल एण्ड टुरीजमको शेयर मूल्य सर्वाधिक रहेको छ।

सुरुमा निरन्तर घटिरहेको कम्पनीको शेयर निरन्तर बढेर ३ सय माथि पुगीसकेको छ। सोनापुरको आज पौने ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।त्यस्तै, सोल्टि होटल, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, ग्लोबल आइएमई बैंक, आइएमई लाइफ, शिवम सिमेन्टस, ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर र हिमालयन लाइफको सर्वाधिक कारोबारको भएको छ।

मंगलबार, १२ मंसिर २०८०, १५ : २२

प्रतिक्रिया