एक लघुवित्त संस्थाको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

बुधबार, १३ मंसिर २०८०, १० : ०७

काठमाडौँ । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।  तोकिएको समयभित्र सेयर धनीबाट खरिद आवेदन नपरेपछि संस्थापकभन्दा बाहिरकालाई बिक्री गर्न लागिएको हो ।

कम्पनीले शेयर धनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइएको थियो ।

सो शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा शेयर रजिस्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्सालमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

बुधबार, १३ मंसिर २०८०, १० : ०७

प्रतिक्रिया