काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विद्युत् आपूर्तिमा समस्या समाधान भएको भन्दै बुधबारको कारोबार अवधि ३ स् २५ बजेसम्म थप गर्ने भएको छ ।
बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएपछि नेप्सेले नियमित सेसनमा २५ मिनेट थप गर्ने भएको हो । प्राविधिक समस्या आएपछि बुधबार प्रि-ओपन सेसनदेखि नै सेयर कारोबार प्रभावित भएको थियो ।
प्रतिक्रिया