काठमाडौं- साताको अन्तिम कारोबार दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २०.२२ अंकले घटेर १८५६ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार भएको छ । आज कम्पनीको ११ करोड ६७ लाख १२ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ७ करोड ७६ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन यूनाइटेड इदीमार्दी हाइड्रोपावरको ५ करोड १९ लाख ४९ हजार रुपैयाँ, सोल्टी होटलको प्रमोटर सेयरको ४ करोड २७ लाख ६१ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २५ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।
आज सेयर बजारमा गिरावट आउँदा रुरु जलविद्युत परियोजनाको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ५।६३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, एनआइबिएल प्रगति फण्डको ३।८७प्रतिशत, लक्ष्मी भ्यालु फण्डको ३।५२ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्यापको ३।४१ प्रतिशत र छिमेक लघुवित्तको ३।४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया