आईपीओ ल्याउदै चम्पावती हाइड्रोपावर

शुक्रबार, १५ मंसिर २०८०, १० : ०२

काठमाडौँ- चम्पावती हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ ।

कम्पनीले आईपीओ निष्कासनलगायत विभिन्न प्रस्ताव पारित गर्न आगामी पुस ७ गते साधारणसभा बोलाएको हो । सभाले आईपीओ निष्कासन गर्नेप्रस्तावसहित आर्थिक वर्ष २०७९/०८० को  प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने छ ।


त्यसैगरी,सभाले चालू आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।  यसैगरी सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले गोरखा र लमजुङको सिमाना भएर बग्ने चेपे खोलामा ७ मेगावाट क्षमताको चेपे ए जलवियुद्त आयोजना निर्माण गरिरहेको छ ।  

शुक्रबार, १५ मंसिर २०८०, १० : ०२

प्रतिक्रिया