नेपाल हाइड्रोले डाक्यो साधरणसभा, ७.३७ प्रतिशत लाभांश बाँड्ने

आइतबार, १७ मंसिर २०८०, ०८ : १०

काठमाडौँ । नेपाल हाइड्रो डेभलोपरले ७.३७ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश दिने भएको हो ।

लाभांश पारित गर्न यस कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौँमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभामा लाभांश पारित गर्नुका साथै आर्थिक वर्ष २०७९र/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २५ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार मङ्सिर २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयर धनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार, १७ मंसिर २०८०, ०८ : १०

प्रतिक्रिया