काठमाडौँ । अन्ततः गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आवमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै अन्य प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
साथै बैठकले गत आवका वित्तीय विवरणहरू अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारण सभा बोलाउने छ ।
प्रतिक्रिया