आईपीओ निष्कासनको तयारीमा एक कम्पनी

आइतबार, १७ मंसिर २०८०, १६ : ०६

काठमाडौँ - अर्किड होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्काशन गर्ने अनुमति माग्दै मंसिर १३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता सेयर निष्कासन अनुमति माग गरेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ । 
 

आइतबार, १७ मंसिर २०८०, १६ : ०६

प्रतिक्रिया