आईपीओ बाँडफाँड गर्दै एक कम्पनी: मिति तय

आइतबार, १७ मंसिर २०८०, १६ : ३२

काठमाडौँ - मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंसिर १९ गते मंगलबार बाँडफाँड गर्ने तयारी गरेको हो ।

उक्त आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १ लाख १४ हजार ८०० जनाले १०र१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने भएको हो । कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

आइतबार, १७ मंसिर २०८०, १६ : ३२

प्रतिक्रिया