एक कम्पनीको एफपीओ नेप्सेमा सूचीकृत

सोमबार, १८ मंसिर २०८०, १२ : २८

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ।

नेप्सेमा सोमबार कम्पनीको एफपीओ सूचीकृत भएको हो। जसअनुसार कम्पनीले हालैमात्र जारि गरेको १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर नेप्सेमा थपिएको छ।
सूचीकृत सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एफपीओ निष्कासन गरेको थियो ।

सोमबार, १८ मंसिर २०८०, १२ : २८

प्रतिक्रिया