काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले पुस १७ गते साधारण सभा बोलाएको छ।
सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । उक्त सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरिने कम्पनीले उल्लेख गरेको छ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। त्यसै गरी, सर्वसाधारण सेयर धनीहरूको प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ ।
साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १ गतेसम्म कायम सेयर धनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया