काठमाडौँ- सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा हेटौँडामा निर्माण भएको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन मंसिर ३० गते उद्धघाटन हुने भएको छ ।
कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकारशरण महत लगायत नेपाल सरकारका मन्त्रीहरु, प्रदेश सरकारका माननीय मुख्यमन्त्री र मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी र भद्रभलाद्मीहरु र आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगीहरुको उपस्थिति हुने बताईएको छ । कार्यक्रमको समुद्घाटन हेटौंडामा हुनेभएको छ ।
परोपकारी उदारमनाहरुको सहयोगमा हेटौँडाको लामसुरेधापमा बनेको मानवसेवा आश्रम एक मानवीयताको मन्दिर हो । जहाँ घरपरिवारविहिन भएर सडकमा जीवन गुजार्न विवस मानिसहरुले खाना, नाना र छाना, स्वास्थ्य र शिक्षा पाइरहेका छन् । आश्रमका अभियन्ता र अभिभाकहरुको अथक मेहनतका कारण उक्त मानवीयताको मन्दिर ठड्ीएको हो ।
मानवसेवा आश्रम २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिरहेको छ। यसो त, आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ ।
करिब २ सय भन्दा बढि सहयोगापेक्षी सडकआश्रित मानवको व्यबस्थापन गर्न सकिने मानवीयताको मन्दिरको उद्घाटन हुने भएको छ ।
प्रतिक्रिया