काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले ५.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५.०५५ नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ४ करोड ९५ लाख ७५ हजार १ रुपैयाँ नगद बाँड्ने जनाएको छ ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले २.४०५ बोनस सेयर र ५.२०५ नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया