छुट्ला है ! दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विहीबार, २८ मंसिर २०८०, ०८ : ०२

काठमाडौं : नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार मंसिर २८ गते अन्तिम मौका रहेको छ । 

दुवै बैंकले साधारण सभा प्रयोजनको लागि शुक्रबार मंसिर २९ बुक क्लोज गर्दैछन् । तसर्थ यी दुई वाणिज्य बैंकको लाभांश हात पार्न आजै सेयरधनी बन्नुपर्छ। नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११५ नगद लाभांश  (कर सहित) वितरण गर्दैछ । 

उक्त लाभांश पारित गर्न यस बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.७५५ बोनस सेयर र ६.८०५ नगद गरी कुल १०.५५५ लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ । 

विहीबार, २८ मंसिर २०८०, ०८ : ०२

प्रतिक्रिया