हकप्रद सेयर बाँडफाँड अपर तामाकोशी

शुक्रबार, २९ मंसिर २०८०, १२ : ३३

काठमाडौँ - अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बिहीबार बाँडफाँड भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्कासन कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा कम्पनीको सेयर मंसिर २८ गते बिहीबार बाँडफाँड भएको हो ।

कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा ७ करोड १० लाख २८ हजार ५३० कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । 

बिक्री नभएको बाँकी सेयर अपर तामाकोशीले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ १८ देखि असोज २२ गतेसम्म १० करोड ५९ लाख कित्ता १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

शुक्रबार, २९ मंसिर २०८०, १२ : ३३

प्रतिक्रिया