काठमाडौँ - वात्सल्य आईभीएफ सेन्टरकी युवा प्रजनन रोग विशेषज्ञ डा.अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड हात पारेकी छन् । नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी(आईएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा.अस्मिता पाण्डेले ‘आईएफएस योङ एचिभर्स’ एवार्ड हात पारेकी हुन् । इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त एवार्ड हात पार्ने डा. पाण्डे पहिलो नेपाली चिकित्सक हुन् । प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त एवार्ड हात पारेकी हुन् ।
डा.पाण्डे का अनुसार मुम्बईको लीलावती अस्पताल एण्ड रिसर्च सेन्टरमा एक वर्षे फेलोसीपका क्रममा आईभीएफ सम्बन्धि अनुसन्धानात्मक लेखहरु लेखेकी थिइन् । ‘मेरो अनुसन्धान र एकेडेमिक कामहरुको सक्रियताका कारण यो एवार्ड पाएकी हुँ ।’ बताउँछिन ३४ वर्षीया डा। अस्मिता पाण्डे ।यी बाहेक उनी दुई वटा अन्तर्राष्ट्रिय जर्नलको सम्पादकीय टिममा समेत छिन् । डा. पाण्डे अमेरिकन कलेज अफ अब्स्टेटेरिसियन एण्ड गाइनोकोलोजिष्टको ‘द ग्रीन जर्नल’ र युरोपियन सोसाइटी अफ ह्युमन रिप्रडक्टसन एण्ड इम्ब्रोलोजीको ‘ह्युमन रिप्रडक्सन’ जर्नल सम्पादकीय टिममा रहेर अनुसन्धानात्मक लेखहरु सम्पादनमा पनि सक्रिय छिन् ।
काठमाडौंकी डा. पाण्डेले ढाका युनिभर्सिटीबाट एमबीबीएस गरेकी हुन् । उनले काठमाडौं विश्वविद्यालय(केयु) अन्तर्गतका काठमाडौं मेडिकल कलेज (केएमसी) बाट स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरेकी छन् । उनले भारतको लीलावती अस्पतालबाट इनफर्टिलिटीमा एक वर्षे फेलोसीप गरेकी छन् । हाल उनी वात्सल्य आईभीएफमा सेवारत छिन् ।
प्रतिक्रिया